ताजा समाचार

चीनद्धारा ६ दिनको लागि एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द

रसुवा, ३१ असोज । चीनमा भोली (बुधबार) हुन लागेको कंग्रेससभाको चुनावका लागि रसुवागढी नाका बन्द गरिएको छ । नेपाल र चीनबिच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको प्रहरीले जनाएको छ ।

१९ औँ चिनियाँ नेशनल कंग्रेससभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमा नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले जानकारी दिए ।

चुनावभरका लागि चीनको केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ । व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org