ताजा समाचार

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन बेइजिङमा सुरु, विश्वको ध्यान केन्द्रित

काठमाडौं, १ कात्तिक । सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशन सुरु भएको छ । राजधानी बेइजिङमा आजबाट सुरु भएको महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । उक्त महाधिवेशनबाट बन्ने नयाँ नीतिबाटै समग्र देश सञ्चालन हुने भएकाले यसमा विश्वव्यापी चासो छ ।

राजधानी बेइजिङसहित देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले समाजवादसहित चीनको विशेषता नयाँ युगमा प्रवेश गरेको बताए ।

भ्रष्टाचार नियन्त्रणका लागि १० लाखभन्दा बढीलाई कारवाहीको दायरामा ल्याएको उनले बताए । सन् २०१२ मा चीनको नेतृत्व सम्हालेका सी नै अर्को कार्यकालका लागि चुनिने अनुमान गरिएको छ । सम्मेलनपछि पार्टीले सर्वोच्च निर्णायक निकाय पोलिटब्युरोका सदस्यहरु पनि सार्वजनिक गर्नेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सबैभन्दा शक्तिशाली हुन्छ । र, त्यसमा रहने नेताहरुले नै सरकार सञ्चालन गर्छन् । यस पटकको पोलिटब्युरो पनि सधैंझैं महाधिवेशनले तय गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org