ताजा समाचार

भक्तपुरमा एमालेलाई एक्ल्याउन कांग्रेसले राप्रपा र माओवादीसँग तालमेल गर्ने

भक्तपुर, १ कात्तिक । भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच चुनावी तालमेल हुने भएको छ । आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरेपछि भक्तपुरमा वाम गठबन्धनलाई हराउन काँग्रेसले राप्रपासँग तालमेल गर्ने भएको हो ।

भक्तपुरमा नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने नेपाली कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले जानकारी दिए । तालमेलका बारेमा पार्टीको केन्द्रीय नेतृत्व तहबाटै छलफल भैरहेको र सहमतिको अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

भक्तपुरमा प्रतिनिधिसभा तर्फ १ र २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभा तर्फ ३ वटा प्रदेशमा राप्रपा (प्रजातान्त्रिक) ले नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने र क्षेत्र नं. १ को प्रदेशसभा १ मा भने नेपाली कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ ।

कांग्रेसले राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) , र माओवादी (केन्द्र) सँग तालमेलका बारेमा छलफल भैरहेको बताउँदै भक्तपुरमा एमालेलाई एक्लो बनाएर कांग्रेस चुनावमा जाने बताए । वाम गठबन्धनले भक्तपुरलाई कुनै असर नगरेको दाबी गर्दै उनले वाम तालमेलमा रहेको माओवादी (केन्द्र) ले समेत भक्तपुरमा कांग्रेसलाई सघाउने गरी छलफल भैरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org