ताजा समाचार

डोटीमा फेरि अर्को बस दुर्घटनामा, तीन जनाको घटनास्थलमै ज्यान गयो

डोटी, २ कात्तिक । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । बसमा सवार १२ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धनगढी धनगढी पठाइएको छ ।

मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । ज्यान गुमाउनेमा बडीकेदार गाउँपालिका-४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगर रहेका छन् । अर्का मृतक सोही गाउँका तीन बर्षीया बालिका रहेको तर उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बरको बस बिहीबार बिहान दुर्घटना भएको हो । १५ जना यात्रु बोकेर हिडेको उक्त बस सडकबाट करीव एक सय मिटर तल खोलामा खसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org