ताजा समाचार

व्हाट्सएपले थप्यो यस्तो नयाँ फिचर्सः यसको फाईदाँ झुटा बोल्ने प्रेमी जोडीलाई

एजेन्सी । सूचना आदानप्रदानका लागि निकै चर्चित व्हाट्सएपले प्रयोगकर्ताका बारेमा थप नयाँ जानकारी पाउन सक्ने भएका छन् । आफूसँग कुराकानी गरिरहेको व्यक्ति कहाँ रहेको छ भनेर थाहा पाउने यो नयाँ सुविधा व्हाट्सएपले थपेको हो । यो सुविधा केही दिनभित्रै एन्ड्रोइड र आइओएसमा पाउन सकिने कम्पनीले जनाएको छ । यसका माध्यमबाट आमरुपमा कुराकानी गर्दा को कहाँ छ भन्ने थाहा हुन सक्ने छ । यसको सबैभन्दा बढी फाइदा भने प्रेमी जोडीहरुले पाउने छन् ।

यसअघि, पनि ह्वाट्सएपमा वर्तमान लोकेसन पठाउन सकिन्थ्यो। तर, लाइभ अपडेट थिएन। नयाँ फिचरको सहयोगले जसले पनि लाइभ लोकेसन पठाउन सक्नेछन्, जसको अर्थ सबैले साथीभाईलाई आफ्नो लोकेसन सहजै बताउन सक्छन्।

तर यो त्यति सजिलो भने छैन । लोकेसनलाइ जतिबेला पनि शेयर भने गर्न नसकिने बताइएको छ । लाइभ लोकेसन आवश्यक परेमा फेरी शेयरको आवश्यकता पर्ने कम्पनीले जनाएको छ । कसैले पनि च्याट वा ग्रुपमा आफ्नो लाइभ लोकेसन पठाउन सक्छन्।

यसरी हुनेछ काम:
– यसका लागि तपाईंले वाट्स एपको च्याटमा गएर एटेच आइकनमा क्लिक गर्नुपर्ने छ।
– लोकेसन सेयर गर्दा समय सीमाबारे जानकारी दिनुपर्नेछ।
– समय सीमामा १५ मिनेट, १ घन्टा र ८ घन्टाको तीन विकल्प दिइएको हुन्छ।
– यो फिचर वाट्स एपको नयाँ अपडेटका साथ दिइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org