ताजा समाचार

तालिबानको आक्रमणबाट अफगानिस्तानमा ४३ जना सैनिकको मृत्यु

एजेन्सी, २ कात्तिक । अफगानिस्तानमा तालिबानमो आक्रमणबाट ४३ जना सैनिक मारिएका छन् । दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानको सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गर्दा उनीहरु मारिएका हुन् । हमलामा परी अरु कैयौँ घाइते सैनिक घाइते भएका छन् ।

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सैनिक पोष्टमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएराति उक्त पोष्टमा रहेका अफगान सेना र सशस्त्र तालिबान लडाकूहरुबीच निकै लामो समयसम्म भिडन्त भएको थियो । सो भिडन्तका क्रममा ४३ जना सैनिकको ज्यान गएको अफगानिस्तानको सेनाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

गएराति रातभर भिडन्त भएको र बिहानीपख अफगान सेनाको थप सैन्यबल सो पोष्टमा गएको थियो । त्यसपछि भने तालिबानहरु भागेका थिए । थप बलको सहायताले अझै ठूलो दुर्घटना टरेको अफगान सेनाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org