ताजा समाचार

विश्व पारा तेक्वान्दोमा नेपालकी चेली रञ्जनाले काश्य जितिन्

काठमाडौं, ३ कात्तिक । विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् । बेलायतको लण्डनस्थित ओलम्पिक पार्कमा बिहीबार राति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा नेपाली चेली रञ्जनाले पेरुकी खेलाडीलाई २२(२० अंकमा हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि उनले नेपालका लागि काश्य पदक दिलाएको लण्डनमै रहेका उनका प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए । रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेकी छन् ।

प्रतियोगितामा २ पुरुष र २ महिला गरी चार खेलाडी सहभागी थिए । जस अन्तर्गत के(४२ बिधामा पुरुष खेलाडीहरु रामबहादुर अधिकारीले ६१ केजीमूनि र रोहित हाङ राई ७५ केजीमूपनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पहिलो चरण पार गरेनन् ।

त्यस्तै के(४४ अन्तर्गत महिलातर्फ पलेसा गोवर्द्धनले ५८ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी क्वार्टरफाइनलमा रुसकी खेलाडीसँग पराजित हुँदै बाहिरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org