ताजा समाचार

भारतीयको दादागिरीः नेपाली भूमीलाई आफ्नो दाबी गर्दै एसएसबीद्धारा खेत जोत्नमा रोक

कञ्चनपुर, ३ कात्तिक । भारतीय सीमा सुरक्षाबल एसएसबीले सीमा क्षेत्रमा जोडिएको जग्गामा खेत जोत्नमा रोक लगाएका छन् । कञ्चनपुरको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको हो । नगरपालिकाको सुन्दरनगरमा नेपाल-भारत सीमा स्तम्भ नम्बर १६ को ७९६/१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् ।

धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताए । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोेत्न छाडेको गुरुङको भनाई छ । सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समयसमयमा भारतीय पक्षले उनले खेती लगाउने समयमा रोक लगाउँदै आएकोमा उनी चिन्तित भएका छन्।

धान रोप्दा पनि भारतीय सुरक्षाकर्मीले उनलाई धान रोप्न रोकेपछि केही समय स्थानीय र सुरक्षाकर्मीबीच विवाद सिर्जना भएको थियो । धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए। विसं २०२३ देखि उक्त जग्गा गुरुङले भोगचलन गर्दै आएका छन् । खेती लगाउने समयमा भारतीय पक्षबाट खेतमै आएर खेती नगर्न भन्न थालेपछि उनी चिन्तामा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org