आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
काठमाडौं, ३ असोज । हेलीको पुछ्र्ताराका कारण हुने मृघशिरा उल्का वर्षा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले शुक्रबार राति हेर्न सकिनेछ ।
उल्का वर्षा स्थानीय समय अनुसार शुक्रबार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उल्का वर्षा हेर्नको लागि राति १२ः ४५ पछिको समय उत्तम रहेको उहाँले बताउनुभयो ।
अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब सात किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् । यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलिको पुछ्रेतारा’ भनिएको हो । यो एक नियमित पुछ्रेतारा हो । यसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको पुछ्रेतारा अब सन् २०६१ मा देख्न सकिनेछ । रासस
Comments
अरु समाचार
-
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देशका १०० बढी स्टल बुकिङ
काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल...
-
प्रचण्ड सरकारको निरन्तरताको पक्षमा छौं: महासचिव पाेखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन्...
-
प्रधानमन्त्री कार्यालयमा चार देशका राजदूत, एक घण्टा वार्तालाप
काठमाडाैँ । नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री...
-
Thank you for visiting Spinempire
ContentIssues On the Spingenie Gambling enterprise And you can Associated CasinosEntertain Yourself Regarding the Ports Empire Local casino To your...
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन...
-
Play Online slots games Which have Real money At the Mr Wager Gambling establishment!
Blogs¿puedo Jugar A good Juegos De Gambling enterprise De Mr Wager Desde Mi Celular?Should i Gamble Yggdrasil Slots On my...
-
रुखबाट खसेर युवकको मृत्यु
काठमाडौं । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण...