ताजा समाचार

प्रदेशसभाका लागि ७४ सिटमा एमाले माओवादीबीच भागबण्डा, एमाले ४१ र माओवादी ३३

काठमाडौं, ३ कात्तिक । प्रदेशसभा निर्वाचनको लागि एमाले र माओवादीले ७४ सिटमा भागवण्डा गरेका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटमा एमालेले ४१ सिट पाएको छ । ७४ मध्ये माओवादीले भने ३३ सिट पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ ।

चुनाबी तालमेलमा ६०/४० को भागवण्डा गरिनुपर्ने माग गर्दै आएको माओवादीले पहिलो चरणको तालमेलमा सम्मानजनक सिट पाएको छ । बाँकी दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेललाई पनि केही दिनभित्रै टुंगो लगाइने कार्यदलका एक सदस्य तथा माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ । त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा-२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले लगभग बराबरी भागवण्डा गरेका छन् । ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१/१६ को भागवण्डा गरेका एमाले र माओवादीले प्रदेशसभाका ७४ सिटमा ४१/३३ को भागवण्डा गरेका हुन् ।

एमालेले दोलखा (ख), रामेछाप (क) तथा (ख), रसुवा (क), ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङको (क) तथा संखुवासभा (क) मा उम्मेदवार उठाउनेछ । प्रदेशसभाका अरु जिल्लाहरु ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङ (क) मा पनि एमालेलेमात्रै उम्मेदवार उठाउनेछ  भने संखुवासभा (ख) सोलुखुम्बु (क) र (ख) तथा सिन्धुपाल्चोक २ को (ख) मा पनि  एमालेले उम्मेदवारी दिनेछ ।

यसैगरी नुवाकोट १ (ख), नुवाकाेट २ (क) लमजुङ (क) र (ख), धादिङ १ (क), धादिङ २ (क) तथा मनाङ (क) र (ख) दुबैमा एमालेको उम्मेदवारी रहनेछ ।  यसैगरी मुस्ताङको (क) र ख तथा म्याग्दी र गोरखा (ख) एवम् बागलुङ (क) मा पनि एमालेको उम्मेदवार रहनेछ ।

यस्तै बागलुङ २ (ख), डोल्पा( क), जुम्ला (ख),कालिकोट(क), जाजरकोट (क) र (ख) तथा मुगु (क) र (ख) मा पनि एमालेकै उम्मेदवार हुनेछन् । यसैगरी बझाङ(क), बाजुरा (क र ख), बैतडी (ख), दार्चुला (क) मा पनि एमालेको उम्मेदवार रहनेछन् र माओवादी केन्द्रले ती स्थानमा उम्मेदवार उठाउने छैन ।

यसैगरी माओवादी केन्द्रको प्रदेशसभामा भाग परेको ३२ सिटमा  नुवाकोट २ (ख), धादिङ १ ख) तथा धादिङ २ (ख) परेको छ ।  यसैगरी गोरखा १(क), गोरखा २ (क र ख) बागलुङ १ (ख), बागलुङ२(क) र म्याग्दी (क) पनि माओवादीको भागमा परेको छ ।

यस्तै रोल्पा (क र ख) , रुकुम पूर्व (क र ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला ख माओवादी केन्द्रको भागमा परेको छ । ति  स्थानमा एमालेको उम्मेदवार हुने छैनन् र माओवादी केन्द्रलाई सघाउने छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org