ताजा समाचार

दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत (भिडियोसहित)

काठमाडौं, २८ कात्तिक । दोहा कतारमा पहिलो पटक साजैलो गीत तयार भएको छ । कामको शिलसिलामा बाहिर रहेर पनि नेपाली गीत संगीतलाई जगेर्ना गर्ने उद्देश्यले मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कला केन्द्र दोहा कतारले साजैलो गीत तयार पारेको हो ।

पछिलो समयमा नेपाली गीत संगीतको बजारमा थुप्रै मौलिक गीत संगीतहरु आईरहेको अबस्थामा चर्चित गायक, संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको मौलिक सालैजो गीत लाहुरे दाई बजारमा आएको हो । सर्जक खेम राना मगरको शब्द संगीत रहेको उक्त गीतमा डोलराज बारघरे र निरु श्रीषको स्वर रहेको छ भने गायक बारघरेकै संगीत संमोयाजन (एरेन्ज) रहेको छ ।

चर्चित मोडेल तथा निर्देशक सुमन थापा मगरको निर्देशनमा बनेको भिडियोलाई जनक लाफा मगर, सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरको अभिनयले अझै आकर्षक बनाएको छ ।

जनक लाफा मगरको बिशेष पहल र अनुषका थापा मगर, सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको बिशेष सहयोगमा निर्मार्ण गरिएको गीतलाई कतारको बिभिन्न ठाउँहरुमा छाँयाकन गरिएको छ । उक्त भविन्द्र तामांङको छायाँकन तथा प्रविन रेस्मी मगरको सम्पादन रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org