ताजा समाचार

होचा कलाकार दिपेन शाह ‘दिपेन सर’ को १९ वर्षको उमेरमै निधन

काठमाडौं, ३० कात्तिक । होचा कलाकार दिपेन शाह ‘दिपेन सर’ को निधन भएको छ । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा ‘दिपेन सर’ को भूमिका निभाएर चर्चामा आएका शाहको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो । नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए ।

धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org