ताजा समाचार

सर्वोच्चले नेशनल ट्रेडिङका तत्कालिन महाप्रवन्धक बसीलाई पुनर्बहाली गर्‍यो

काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतले बर्खास्तीमा परेका नेसनल ट्रेडिङ कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक पूर्णशंकर बसीलाई पुनर्बहाली गर्न फैसला गरेको छ । बर्खास्त भएको दुई वर्षपछि सर्वोच्चले सरकारको निर्णय उल्ट्याउँदै बसीलाई पुनर्वहाली दिने फैसला गरेको हो ।

१२ माघ ०७१ मा संस्थान प्रमुख बनाएको सरकारले उनलाई नौ महिनापछि २२ असोज ०७२ मा बर्खास्त गरेको थियो । आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयका विरुद्ध बसी सर्वोच्च गएका थिए । सोही मुद्दामा आइतवार सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।

सर्वोच्चको फैसलासँगै अब बसी संस्थान फर्किने तयारीमा छन् । आपूर्ति मन्त्रालयका अनुसार बसीलाई पुनर्बहाली गर्ने सम्बन्धमा फैसलाको आधिकारिक पत्र प्राप्त हुन बाँकी छ । आधिकारिक पत्र प्राप्त भएपछि उनलाई पुनर्बहाली दिईने मन्त्रालयकी सहसचिव उर्मिला अर्यालले बताइन् ।

तत्कालीन सरकारले उनलाई चार वर्षका लागि संस्थान प्रमुखमा नियुक्ती दिएको थियो । आयात-निर्यात कम्पनी बज्रयोगिनी ट्रेडस्मार्फत अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो ।

उनीमाथि उक्त कम्पनीको अध्यक्ष हुँदा बैंकको नाममा किर्ते कागज बनाई अनियमितता गरेको आरोप लागेको थियो । उक्त आरोप पुष्टि हुन नसकेपछि सर्वोच्चले उनको पक्षमा फैसला गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org