ताजा समाचार

सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल पहिलो, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेर जबरा

काठमाडौं, १ मंसिर । सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल पहिलो स्थानमा आएको छ । आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने सुर्य नेपाललाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । विभागले छैठौं राष्ट्रिय कर दिबसको अवसरमा विभिन्न १५ वटा बिधा अन्तरगत बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

जसमा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर सिद्धार्थ शम्शेर जबरा परेका छन् । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले गत आर्थिक वर्षमा व्यक्तिगत तर्फ सबैभन्दा कर तिरेका हुन् । सुर्य नेपालले यस अघि पनि सबैभन्दा बढी कर तिरेको थियो । कर दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मुख्य सचिव लोकदर्शन रेग्मीले सुर्य नेपालका कर्पोरेट उपाध्यक्ष रबि केसीलाई खादा र कदरपत्र दिएर सम्मान गरेका हुन् । यसैगरी राणाले अघिल्लो बर्ष पनि सबैभन्दा बढी कर तिर्ने करदाता घोषित भएका थिए ।

यसैगरी सबैभन्दा बढी मुल्य अभिबृद्धि कर (भ्याट) तिर्नेमा पवनकुमार इन्टरनेशनल रहेको छ । सो कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्याट तिरेको हो । २०७३/७४ मा निर्यातकर्तातर्फ बढी आयकर तिर्नेको पहिलो सुचिमा भर्सेन टेक्नोलोजी रहेको छ भने विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा हिमाल पावर रहेको छ ।

बीमा व्यवसायतर्फ बढी आयकर तिर्नेमा नेपाल पुर्नबीमा कम्पनी रहेको छ सबैभन्दा धेरै कर तिर्ने बैंक तथा वित्तीय संस्थामा हिमालय बैंक परेको छ । त्यसैगरी, कृषि एवं पशुपन्छिजन्य उद्योगबाट राष्ट्रिय विउ कम्पनी, सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक, व्यापार व्यवसायबाट सिप्रदी ट्रेडिङ परेका छ ।

यस्तै स्वास्थ्य तथा शिक्षातर्फ त्रियोग स्कुलले सबैभन्दा बढी आयकर तिरेको छ भने सुचना तथा प्रविधिमा वल्र्ड लिंक, पर्यटन व्यवसायमा टाइगर टप्स प्रालि रहेको छ । साना करदातामा (५ करोड रुपैयाँसम्म) डा. उपेन्द्र देवकोटाले सबैभन्दा बढी आयकर तिरेका छन् भने भने मझौला करदाता (वार्षिक ५ करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबार भएका) मध्ये सबैभन्दा बढी आयकर तिर्नेमा गोर्खा डेभलपमेन्ट बैंक परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org