ताजा समाचार

सल्यान सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालनमा

सल्यान, १ मंसिर । सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म बस सञ्चालनमा आएको छ । सल्यानको सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालिमाटी रुट हुँदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो ।

भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजानिक यातायात तुलसीपुर दाङ बिचमा आलोपालो गाडी सञ्चालन गर्ने भनेर सहमति भएको भेरी राप्ती बस व्यवसायी समिति प्रधान कार्यालय सल्लीबजारका सचिव प्रेम पुनले बताउनुभयो ।

दाङ तुलसीपुरका लागि सल्लीबजारबाट बिहान ७ बजे बस छुट्ने र सल्यान सल्लीबजारका लागि दाङ तुलसीपुरबाट पनि बिहान ८ः४५ मा बस छुट्ने भेरी राप्ती यातायातका कार्यालय प्रमुख टोपबहादुरले जानकारी दिनुभयो ।

सल्यान सल्लीबजारदेखि दाङ तुलसीपुरसम्मका लागि रु ४५० भाडादर कायम गरेको छ । सल्लीबजारबाट सिधैँ यातायातका साधन सञ्चालनमा नहुँदा आउन सुर्खेतको छिन्चु, कोहोलपुर हुँदै दाङ पुग्नुपर्ने बाध्यता थियो । बस सञ्चालनमा आएपछि ७ घन्टामै स्थानीयवासी सल्लीबजारबाट दाङ आउन सक्नेछन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org