ताजा समाचार

प्रचण्ड र छोरा प्रकाशबिच फोनमा अन्तिम पटक यस्तो कुरा भएको थियो

काठमाडौं, ३ मंसिर । यतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको निधनको खबरले सबैलाई स्तब्द बनाएको छ । यतिबेला सामाजिक सञ्जाल प्रकाशको श्रद्धाञ्जलीले भरिएका छन् । प्रकाश दाहालको हृदयाघातका कारण निधन भन्ने खबर बाहिरिएपछि आइतबार बिहानैदेखि देशदेखि विदेशमा बस्ने नेपाली आश्चर्य र दुखित भए ।

धेरैले यो समाचार असत्य रहेको अनुमान गरे । तर, प्रकृतिको नियम नै यस्तै थियो । विगत तीनदेखि प्रकाश रुघा र ज्वरोले ग्रस्त थिए । उनी बाबु प्रचण्डसँग चुनावी प्रचारमा निस्कन सकेका थिएनन् । घरमा आमा सीता दाहाल मात्रै थिइन् । दिदी रेणु र गंगा आ–आफ्नै काममा थिए । रेणु बाबुको चुनावी प्रचारमा चितवनमै थिइन् । कान्छी श्रीमती विना मगर कञ्चनपुरमा आफ्नै चुनाव प्रचार प्रसारमा थिइन् ।

बाबु प्रचण्ड देशव्यापी रूपमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीसँगसँगै थिए । प्रकाश भने घरमै औषधि लिएर आरामै गर्दै थिए । शनिबार राति पनि प्रकाशले झापामा रहेका बाबु प्रचण्डसँग १० मिनेट टेलिफोनमा कुराकानी गरे । धेरै च्यापेको भए अस्पताल जान प्रचण्डले सुझाए । प्रकाशले पनि आफू आइतबार बिहान अस्पताल जाने बताए । तर, आइतबार बिहानै प्रचण्डको मोबाइलमा घन्टी बज्यो । प्रकाश अचेत भएको भन्ने । यो खबर सुन्नेवित्तिकै प्रचण्ड निःशब्द भए ।

सदाझैं बिहानै छोरा प्रकाश किन ब्याडमिन्टन खेल्न किन निस्किएनन् भनेर हेर्न आमा सीता दाहाल जाँदा प्रकाशको पहिले नै निधन भइसकेको पारिवारिक स्रोतले जनाएको छ । यदि यो तथ्य सत्य हो भने परिवारको लापरवाहीकै कारण प्रकाश दाहालको निधन भएको प्रस्ट हुन्छ ।

पतिको निधन भएको खबर सुन्नेवित्तिकै जेठी श्रीमती सिर्जना त्रिपाठी छोरालाई लिएर अस्पताल पुगेकी छन् । छोरीपछि प्रचण्डलाई पुत्रशोक परेको छ । यसअघि जेठी छोरी ज्ञानु दाहालको क्यान्सर रोगका कारण निधन भएको थियो । प्रचण्डले चारमध्ये एक छोरा र छोरी गुमाइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org