ताजा समाचार

कस्तो अभाज्ञी प्रचण्ड ! आँशु थाम्न नसकेर रुँदै आफ्नै छोरालार्इ श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाए

काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै छोरालाई श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाएका छन् । आकस्मिक हृदयघातका कारण निधन भएका छोरा प्रकाशलाई श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाएका हुन् । यतिबेला प्रकाशको शव अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ । प्रकाशलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न दलका नेता कार्यकर्ता माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन्।

सर्वप्रथम प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमा माला र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । त्यक्रममा उनी निकै भावुक बनेका थिए। त्यसपछि दिदी रेणुले भाइको पार्थिव शरीरमा माला चढार श्रद्धाञ्जली दिएकी थिइन्। यसैगरी प्रकाशकी कान्छी श्रीमती विना मगरले पतिको पार्थिक शरीरमा माला चढाएर श्रद्धाञ्जली दिएकी थिइन्। प्रकाशकी जेठी श्रीमती सिर्जना त्रिपाठी भने वेहाश अवस्थामा नर्भिकमै छिन् । प्रकाशलाई अहिले विभिन्न दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिइरहेका छन्।

पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे । आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org