ताजा समाचार

९ महिनापछि लोकमानसिंह कार्की चुनाबको पूर्वसन्ध्यामा दिल्ली हुँदै क्यानडाबाट नेपाल फर्किए

काठमाडौं, ४ मंसिर । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ९ महिनापछि स्वदेश फर्किएका छन् । सर्वोच्चले पदमुक्त गरेका लोकमान क्यानडाबाट ९ महिनापछि स्वदेश फर्किएका हुन् ।

कार्की यही मंसिर १ गते दिल्ली हुँदै काठमाडौँ आईपुगेका हुन् । कार्कीसँगै श्रीमती सुनीता पनि नेपाल फर्किएको लोकमान निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्की अब कहिल्यै पनि क्यानडा जानेछैनन् ।

अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त भएसँगै कार्की क्यानडा पुगेको थिए। २०७३ पुस २४ गते सर्वोच्च अदालतले कार्कीको योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन मार्फत् कार्कीको नियुक्ति बदर गरेको थियो।

संसदमा महाभियोग विचाराधीन रहेकै अवस्थामा कार्की पदमुक्त भएका थिए।अदालतको फैसला कार्यान्वयनसँगै २०७३ माघमा कार्की नयाँ दिल्ली हुँदै क्यानडा प्रस्थान गरेका थिए। क्यानडा जानुअघि उनी केही दिन दिल्ली बसेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org