ताजा समाचार

प्रकाशलाई श्रद्धाञ्जली दिन देउवा र ओली लाजिम्पाट पुगे

काठमाडौं, ४ मंसिर । प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति र एमाले अध्यक्ष लाजिम्पाट पुगेका छन् । कांग्रेस सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली हृदयघातबाट आइतवार निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरा प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका हुन् ।

मोरङबाट काठमाडौँ आएका ओलीले सिधै प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा श्रद्धाञ्जली दिए । श्रद्धाञ्जली दिएपछि ओलीले दाहाल परिवारमा परेको शोकप्रति समवेदना प्रकट गर्दै दुःखको यो घडीमा आफ्नो साथ रहेको बताएका थिए । ओलीसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र विष्णु रिमाल पनि श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका थिए ।

त्यसैगरी डडेलधुराबाट काठमाडौँ आइपुगेका देउवा पनि प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका छन् । ओली भन्दा पछाडि लाजिम्पाट पुगेका देउवासँग वामका दुवै नेताको भेट पनि भएको थियो । भेटका क्रममा उनीहरुबीच चुनावी सुरक्षाबारे छोटो कुराकानी भएको जनाईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org