ताजा समाचार

जापानमा अमेरिकी सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध, कारण यस्तो छ

एजेन्सी, ४ मंसिर । जापानमा अमेरिकी सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध लागेको छ । ओकिनावा टापुमा रक्सी सेवन गरेका आफ्ना एक जना सैनिकको गम्भीर सवारी दुर्घटनामा संलग्न पाइएपछि अमेरिकाले जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवनमा प्रतिबन्ध लगाएको हो ।

ओकिनावामा रहेका सैनिकलाई उनीहरुकै आवास वा अखडामा बस्न भनिएको छ । आइतबार (हिजो) मात्र अमेरिकी सेनाले चलाएको ट्रक मिनि भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा स्थानीय सवारी चालकको ज्यान गएको थियो । उनले सवारी चलाउँदा रक्सी सेवनको मात्रा निकै धेरै पाइएको थियो ।

ओकिनावामा २६ हजार अमेरिकी सेना रहेका छन् । तर, स्थानीयले भने अमेरिकी सेनाको विरोध गर्दै आएका छन् । उनीहरुले सेनासँग जोडिएका अपराध र दूर्घटनाप्रति आपत्ति जनाउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org