ताजा समाचार

वुमन्स टी-२० वर्ल्डकप क्वालिफायरः नेपाल र थाइल्याण्डको खेल बराबरी

काठमाडौं, ४ मंसिर । आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया क्वालिफायर छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ । सोमबारथाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बल खेल्दा १० रन बनाएको अवस्थामा पानी परेपछि खेल बराबरी भएको हो ।

खेल बराबरीपछि नेपाल र थाइल्याण्डले १/१ अंक बाँडेका हुन् । बैंककमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट जाँदा ९० रन बनाएको हो । थाइल्याण्डलाई मध्यम स्कोरमा समेट्न नेपालकी सरिता मगरले २ विकेट लिइन । यस्तै रुविना क्षेत्री र करुणा भन्डारीले १–१ विकेट लिए ।

९१ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको नेपालले ३ ओभर ४ बल खेल्दै १० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । सोमबार भएका अन्य खेलमा हङकङले मलेसियालाई, युएइले चीनलाई हराएका छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटमा स्थान बनाउने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org