ताजा समाचार

हाथवे इन्भेष्टमेन्ट आफ्नै सुविधासम्पन्न भवनमा स्थानान्तरण

काठमाडौं, ४ मंसिर । आइएमई समूूहद्वारा प्रवद्र्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौं महानगरपालिका २६, लैनचौरस्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा स्थानान्तरण भएको हो ।

कम्पनीका अध्यक्ष हेमराज ढकालले नयाँ भवनको एक समारोहका बीच उद्घाटन गरेका छन् । सो अवसरमा कम्पनीका संचालकहरु तथा समूूहमा सम्बद्घ पदाधिकारीहरुको समेत सहभागिता थियो । स्थापनाको छोटो समयमा नै पुँजिबजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उद्देश्य सूूचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ ।

पुँजिबजारका अलावा दीर्घकालीन लगानीका रुपमा रियलस्टेट, हाईड्रोपावर, विमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एन।वि।इन्स्योरेन्स कम्पनी लिमीटेड र अरुण फाईनान्स लिमीटेडको शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापूूर्वक संचालनमा ल्याइसकेको छ ।

नेपाल स्टक एक्सचेञ्जको ओ.टि.सी मार्केटमा सूचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केटमार्फत शेयर खरिद बिक्री गर्नसक्ने र कम्पनीको रु ५० प्रतिकित्ता शेयर रु १२५ मा अन्तिम कारोबार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org