ताजा समाचार

सप्तरीका सिवकुमारले जिते २ लाख ४० हजारको बाइक

काठमाडौं, ६ मंसिर । एसएमएस क्विज कन्टेस्ट प्रतियोगिताको पहिलो पुरस्कार सप्तरीका सिव कुमार भगतले हात पारेका छन् । क्रिष्ट मिडिया र नेपाल टेलिकमद्धारा सञ्चालित एसएमएस क्विज कन्टेस्ट प्रतियोगिताको पहिलो विशेष पुरस्कार सुजुकी जिक्सर वाइक सिव कुमारले जितेका हुन् ।

रसियन प्रविधिबाट नेपालमै पहिलो पटक सञ्चालित प्रतियोगिताको आज विशेष समारोहकाबीच पुरस्कार वितरण गरिएको थियो । नेपाल टेलिकमका ग्राहकले भाग लिन पाउने यस प्रतियोगितामा प्रत्येक दिन एक जनालाई स्मार्टफोन, प्रत्येक १० दिनमा एक जनालाई ल्यापटप र प्रत्येक महिनामा एक जनालाई सुजुकी जिक्सर बाईक पुरस्कार पाउनेछन् ।

एक महिना अघिलदेखि सञ्चालनमा आएको यस प्रतियोगिताको प्रथम चरणको पुरस्कार वितरण कार्यक्रमको सभापतिमा क्रिष्ट मिडियाका केपी पोखरेल रहनुभएको थियो भने प्रमुख अतिथिमा डा. माधव प्रसाद लिंथेप रहनुभएको थियो । कार्यक्रममा नेपाल टेलिकमबाट दिनामणी पोखरेल, राम अर्यालको समेत सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा १० जनाले ‘Leagoo M5’ स्मार्टफोन जितेका छन् । स्मार्टफोन विजेता हुनेहरुमा निर्मल गुरुङ, विन्दु थापा, राधा तिमिल्सेना, सागर कुमार, अरुणा राई, अमन खत्री, राजकुमार यादव, धन प्रसाद जेम्वाङ, सुजु थकाली र कृष्ण बोहोरा रहेका छन् । त्यस्तै ‘Twokey’ ल्यापटप विजेताहरुमा जिवन अर्याल, दिलमाया तामाङ र सिव कुमार भगत रहेका छन् । सिव कुमारले ल्यापटप, स्मार्टफोन र सुजुकी जिक्सर बाईकसहित तिनै पुरस्कार हात पारेका छन् ।

सुजुकी बाईक विजेता सिवकुमारले आफुले ८ हजार प्रश्नको उत्तर दिएको बताएका छन् । पुरस्कार ग्रहणपछि न्युज-नेपालसँग कुरा गर्दै सिवकुमारले घरपरिवारको सहयोग र निरन्तरको लगावले यो सम्भव भएको बताए । सप्तरी घर भएका सिवकुमारले यो प्रतियोगिताको अवधिमा विभिन्न समस्याहरु भोग्नुपरेका बताएका छन् । उनले भने, ‘गाउँमा यो फेक हो, फसाएर पैसा खाने हो भन्नेका कमी थिएन् । तर आफुले केही न केही त पक्कै होला भनेर खेलेकाले यहाँ सम्म पुगे ।’

सप्तरी जस्तो विकट क्षेत्रमा नेटवर्कको समेत समस्या रहेको भन्दै उनले आफ्नो पूरा गर्न सदरमुकाम आएर एसएमएस क्विज कन्टेस्ट खेलेको बताएका छन् । आफुले बाईनै जित्ने लक्ष्यका सात खेलेकाले लक्ष्य पुरा भएको उनको भनाई छ । प्रतियोगितामा बाईक पुरस्कार जित्दासम्म आफुले ३० हजार जति खर्च गरेको उनको भनाई छ । उनले पुरस्कारमा पाएको सुजुकी जिक्सर वाईकको बजार मुल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको छ ।

कसरी खेल्ने त ?

क्विज कन्टेस्टमा सहभाभी हुन नेपाल टेलिकमको सिम प्रयोगकर्ताले सिमबाट क्विज  लेखी ३१०१० मा
एसएमएस गरेपछि बधार्इ र सूचना तथा प्रश्न प्राप्त हुनेछ । उक्त प्रश्नको सही उत्तरको लागि पुनः सही नंम्बर
छानी एसएमएस पठाउनु पर्ने टेलिकमले बताएको छ । SMS Quiz Contest प्रतियोगिता एक बौद्दिक प्रतियोगिता हो । यसमा सहभागिहरुलाई विभिन्न विषयवस्तुहरुमा प्रश्न सोधिनो हुनाले आप्नो बौद्दिक ज्ञान चेक गरी बौद्दिकता बढाउनु साथै,
प्रत्येक दिन Smart Phone- १,
प्रत्येक 10 दिनमा Laptop – १
प्रत्येक महिना Suzuki Gixxer Motor Bike– १
सम्मेत जिन्न सक्नुहुनेछ । यो अटोमटीक रोवट प्रबिधि बाट प्रश्न हरु सोधिने र अंक गणना हुने प्रबिधि हो । यसमा मानविय हस्तक्षेप हुदैन । सहभागीता लिनको लागि तुरुन्त मोवाइलको Messages box मा quiz लेखी ३१०१० मा एस एम एस पठाउनुहोस for more information please visit our website www.quizcontestnepal.com

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org