ताजा समाचार

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त

काठमाडौं, १३ मंसिर । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त भएका छन् । बुधबार बसेको संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पौड्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पौड्याल यसअघि का.मु प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लण्डनबाट एमबिए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० वर्ष भन्दा बढिको अनुभव संगालेका छन् । सन् १९८७ मा इन्ट्रि लेभलमार्फत नबिल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए ।

नबिल बैंकमा ११ वर्ष काम गरेपछि उनी तत्कालीन एनआइसी बैंक गएका थिए । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच वर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मी बैंकमा गएका थिए ।

लक्ष्मी बैंकमा एक वर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौड्यालसँग छ । त्यहाँ साढे चार वर्ष काम गरेको अनुभव छ । त्यसपछि तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरे ।

तत्कालीन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का.मु प्रमुख कार्यकारी अधिकृत हुदै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org