ताजा समाचार

के तपाईले यस्ता पासवर्ड राख्नुभएको छ ? हो भने तुरुन्तै बदल्नुस् !

एजेन्सी । आधुनिक सूचना र संचारको युगमा मानिसका अधिकांश काम इन्टरनेटबाट भईरहेको छ । मानिसहरुले आफ्नो काम छिटो छरितो प्रवाह गर्न इन्टरनेटको प्रयोगलाई प्राथमिकता दिईरहेका छन् । जसले गर्दा इन्टरनेटको प्रयोग दिनप्रतिदिन तीब्र गतिमा बढिरहेको छ ।

इन्टरनेटको प्रयोगले मानिसलाई धेरै राहत त प्रदान गरेको छ नै त्यसको मिसयुज गर्दा हानी पनि पुर्‍याईरहेको छ । इन्टरनेटको सहि तरिकाले प्रयोग नगर्दा वा नजान्दा त्यसको फाईदा अर्को पक्षले लिईरहेका छन् । इन्टरनेटमा रहेका आफ्ना विभिन्न सेवाका अकाउन्टमा सहजताका लागि तपाइँ हामीले सजिलो पासवर्ड राख्न रुचाउँछौँ, ता की भोलि आफैले पासवर्ड नबिर्सियोस् ।

अल्छी गरेर हामीले पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । तर तपाइँहाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः

1234567                                                123456789                                     querty

12345678                                              111111                                             1234567890

1234567                                     password                                       123123          987654321

त्यसैले यदि तपाइँले आफ्नो अकाउन्टमा यी मध्येका कुनैपनि पासवर्डको प्रयोग गर्नुभएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । किनकी यी पासवर्ड सबैभन्दा ह्याक भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org