ताजा समाचार

फेसबुकको शाखा कार्यालय पहिलो पटक लन्डनमा खुल्यो, ८०० कर्मचारी माग

एजेन्सी, १९ मंसिर । सर्वाधिक चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले आफ्नो पहिलो शाखा लन्डनमा खोलेको छ । सामाजिक सञ्जालको दुनियाँमा सबैभन्दा पहिलो स्थानमा रहेको फेसबुकले आफ्नो पहिलो शाखा कार्यालय लन्डनमा खोलेको हो ।

अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय खोलेको हो।

यसैबीच लन्डन शाखाका लागि फेसबुकले विभिन्न पदमा गरी ८०० जना कर्मचारीहरुको माग समेत गरेको छ। आफ्नो व्यवसायिक रुपमा लन्डनलाई एक महत्वपूर्ण क्षेत्रका रुपमा छनोट गरेको फेसबुक पछिल्लो समय अत्याधिक नाफा कमाउन सफल व्यवसायिक संस्था हो।

मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए। हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन्। फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org