ताजा समाचार

स्तन क्यान्सर पीडित विष्णुमायालाई साउदीबाट आर्थिक सहयोग

धनकुटा, २६ मंसिर । श्रीमानको मृत्यु पश्चात् एकल जीवन बितारहनु भएकी क्यान्सर पिडित महिलालाई संजाल साउदीले आर्थिक सहयोग गरेको छ । दुवै स्तन क्यान्सर भै उपचार गराइरहनु भएकी धनकुटा बेलहाराकी विष्णु माया तिरुवालाई दलित एकता सञ्जाल नेपाल साउदीले आर्थिक सहयोग गरेको हो । संजाल साउदी अध्यक्ष रमेश लाम्गादे र सचिव देवेन्द्र विश्वकर्माको संयुक्त पहलमा एघार हजार पाँच सय रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको हो ।

संकलित रकमबाट २ हजार बराबरको न्यानो कपडा र पोशिलो खाना र नगद ९ हजार पाँच सय रुपैयाँ संजाल अन्तर्राष्ट्रिय समन्वय समितिका पुर्व कोषाध्यक्ष माधव शिवा र पुर्व उपसंयोजक पदम नेपालीले धरानस्थित घोपा क्याम्पमा नै गएर हस्तान्तरण गर्नुभएको हो । संजाल साउदीका अध्यक्ष रमेश लाम्गादेले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

सहयोगीहरुमाः

१. खिम श्रीपाली १०० रियाल
२. रमेश लाम्गादे ७० रियाल
३. देवेन्द्र विश्वकर्मा ५० रियाल
४. लोकेस रम्जाली ५० रियाल
५. नीर्दोस वि।क ५० रियाल
६. नीर बहादुर सुनार ५० रियाल
७. प्रमोद विश्वकर्मा ५० रियाल
८. इन्द्र मगर २० रियाल

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org