ताजा समाचार

बिहेको सिजनमा हेमन्त शर्माको गीतमा प्रिंयका र दुर्गेशको डान्स (भिडियो)

काठमाडौं, २७ मंसिर । गायक हेमन्त शर्माको एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शर्माले बिहेबारी सम्बन्धी विषयलाई गीतमा समेटेर ‘डम डम डम बज्यो…’ तयार पारेका हुन् ।

गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ । श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन् । बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन् ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन् । म्युजिक भिडियोमा एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन् । भिडियोमा शिव बिकको कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org