ताजा समाचार

‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’ को उपाधि कृपालाई (फोटोफिचर)

काठमाडौं, २७ मंसिर । ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७ को उपाधि कृपा चुकेको पोल्टामा गएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको तेश्रो संस्करणको ‘मिसेस क्यापिटल क्वीन नेपाल’ मा उनले काठमाडौं भित्र तथा बाहिरबाट भाग लिन आएका अन्य १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारेकी हुन् ।

उनले उपाधी सहित विभिन्न गिफ्ट ह्याम्पर पनि हात पारिन। त्यस्तै ‘मिसेस क्यापिटल क्वीन नेपाल २०१७’को फस्ट रनरअपमा सुमित्रा लामा, सेकेन्ड रनरअपमा बिष्णु खड्का घोषित भईन।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस प्रतियोगिताको अफिसियल मिडिया आर्टिस्ट नेपालले प्रतिस्पर्धीको अनलाईन भोटिङ पनि राखेको थियो, अनलाईन भोटिङ मार्फत पब्लिक च्वाईस अवार्ड बिकला घिमिरेले हात पार्न सफल भईन।

त्यस्तै अन्य टाईटल बिजेताहरुमा मिसेस ट्यालेन्टमा करुणा श्रेष्ठ, मिसेस स्मार्टमा बिष्णु खड्का, बेस्ट स्किन बिनु माझी, मिसेस पर्सानालिटीमा बिकला घिमिरे, मिसेस ईन्टिलिजेन्टमा गंगा अधिकारी, मिसेस चार्मिङमा सुमित्रा लामा, बेस्ट क्याटवाकमा छानु गुरुङ, मिसेस कन्फिडेन्समा लक्ष्मी पुरी प्रधान भईन।

मिसेस डिसिप्लिनमा हिरा कुमारी भाट, बेस्ट फोटोजेनिकमा संगिता लामा डंगोल, मिसेस एक्टिभमा उर्मिला घिमिरे, बेस्ट हेयरमा शर्मिला भट्टराई, मिसेस अट्ट्र्याटिभमा रेखा भट्टराई, बेस्ट ड्रेसमा कृपा चुके, मिसेस पब्लिक चईसमा बिकला घिमिरे र मस्ट पपुलर अवार्ड उर्मिला घिमिरेले हात पारेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org