ताजा समाचार

धुर्मुस-सुन्तलीको ‘विश्वले चिन्नेछ नेपाल’ परियोजनाको निर्माण कार्य सुरु

ललितपुर, २७ मंसिर । धुर्मुस-सुन्तली फाउण्डेशनले घोषणा गरेको अब विश्वले चिन्नेछ नेपाल परियोजना बिधिवत रुपमा सुरु भएको छ । ललितपुरको लेले स्थित खावा डाँडामा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको परियोजना अन्तर्गत ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ परियोजना आजबाट सुरु भएको हो ।

परियोजना प्रारम्भिक चरण अन्तर्गतको सर्बेको काम सुरु भएको धुर्मुस सुन्तली फाउण्डेशनलदे जनाइको छ । नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्नेगरी एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आर.आर.पि. सर्बे कन्सल्टस् प्रा.लि.का प्रभास श्रेष्ठको समन्वयमा आजबाट सर्बेको काम सुरु भएको हो ।

नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पत्राचार गरेबमोजिम ट्रोपोग्राफिकल सर्बे, डि.पि.आर. र ई.आई.ए.को काम सुरु गर्न लागिएको हो । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलाउने, नेपालको भाषा संस्कृती रितिरिवाज भेषभुषा मौलिकताको संरक्षण गर्ने, एक सुन्दर पर्यटकिय गन्तब्य एवं सम्पुर्ण जातजातिको साझा फुलबारी, बिश्वको एउटा अध्ययन केन्द्र तथा हिमाल पहाड तराई जोड्ने राष्ट्रिय सद्भावको परियोजना बनाउने धुर्मुस सुन्तली फाउण्डेशनको योजना रहेको छ । साधै यो कार्यमा सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org