ताजा समाचार

महिलाहरूको निर्वस्त्र योगका तस्बिर भाइरल (फोटोफिचर)

एजेन्सी, २७ मंसिर । अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा निर्वस्त्र भएर योग गरिरहेका महिलाको तस्बिर अपलोड गर्ने ट्रेन्ड चलेको छ । यसलाई योगविज्ञहरुले सकारात्मक रुपमा लिएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल ‘बडी पजेटिभ’ भएकाले यो ट्रेन्ड सुरु भएको विज्ञहरुको भनाई छ ।

निकै लोकप्रिय इन्टाग्राममा अकाउन्ट ‘न्युड योग गर्ल’ ले यस्ता निर्वस्त्र योग गरिरहेको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्न महिलाहरूलाई उत्प्रेरित गरेको हो । यो अकाउन्टले निर्वस्त्र भएर विभिन्न योग आसनहरू गरिरहेकी अज्ञात महिलाका तस्बिरहरूको ‘फोटो फिचर’ नै प्रस्तुत गरेको छ । अमेरिका र युरोपतिर यसरी निर्वस्त्र भएर गरिने योगासनलाई प्राकृतिक योग पनि भन्ने गरिएको छ ।

यो इन्स्टाग्राम अकाउन्टमा यस्ता निर्वस्त्र योगासनका तस्बिर सन् २०१५ नोभेम्बरदेखि अपलोड हुन थालेका थिए । यसपछि अकाउन्ट पछ्याउने (फलोअर्स) को संख्या पहिलो महिनामै ३३ हजार पुगेको थियो ।

‘निर्वस्त्र योगासन गरेका तस्बिर रहेका मेरो एकाउन्टले सबै मानिसहरूलाई उनीहरूको शारीरिक सुन्दरता अनुभूति गरुन् र आफ्नो सुन्दर शरीरले अविश्वसनीय कामहरू गर्नसक्छ भनेर विश्वास गर्न प्रेरित गरोस् भन्ने चाहन्छु,’ महिलासम्बन्धी वेभसाइट ‘द कट’सँगको इमेल कुराकानीमा ‘न्युड योगा गर्ल’ले भनेकी छन्, ‘म मानिसहरूलाई योगासन गर्न र आफ्नो शरीरप्रतिको दृष्टिकोण सकारात्मक बनाउन प्रेरित गर्न चाहन्छु ।’

इन्स्टाग्रामको ‘न्युड योगा गर्ल’ अकाउन्ट खासमा एक जना २५ वर्षीया मोडल फोटोग्राफरको हो, जो योगका कठिन आसन गर्छिन् । उनी योग गर्दा कहिलेकाहीं जुत्ता वा गहनाबाहेक केही पनि लगाउँदिनन्, तर उनका ती कुनै पनि निर्वस्त्र तस्बिर पटक्कै उत्तेजक र अश्लील छैनन् ।

योगासनका निर्वस्त्र तस्बिर अपलोडयता उनलाई पछ्याउनेहरूको संख्या ६ लाख ६० हजार पुगेको छ । अमेरिकालगायत पश्चिमी देशमा अहिले निकै लोकप्रिय ‘न्युड योग’ ले स्वास्थ्यमा कुनै विशेष शारीरिक वा मानसिक फाइदा गर्छरगर्दैन कुनै अध्ययन वा अनुसन्धान भएको छैन । तर प्राकृतिक स्वरुप (वस्त्रविहीन) र योग दुवैबाट फाइदा हुनेमा कुनै शंका छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org