ताजा समाचार

नेपालद्धारा म्यानमार ३३७ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं, २८ मंसिर । १६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको छ । यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल समूहको अन्तिम खेलमा कमजोर प्रतिद्वन्द्वी मानिएको म्यानमारमाथि नेपालले सहज जित हात पार्दै समूह विजेता भएको हो।

४ टीम रहेको समूहमा म्यानमारले अहिलेसम्म एउटा पनि खेल नजिति घर फर्किएको छ। नेपालले दिएको बिशाल ३५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर खेल्दै मात्र १३ रनमा समेटिएको थियो।

म्यानमारको इनिङ समाप्त गर्ने क्रममा नेपालका नारायण जोशी र मेघबहादुरसेन थापाले कसिलो बलिङ गरे। जोशीले एकै ओभरमा ४ विकेट लिए भने थापाले एक ओभरमा दुई तथा अर्को ओभरमा दुई विकेट लिए। विशाल विक्रम केशीले थप २ विकेट लिए। म्यानमारका ७ खेलाडी शून्य रनमा आउट भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org