ताजा समाचार

नेप्सेमा दोस्रो तलमा आगलागी हुँदा ६५ लाख बराबरको क्षति

काठमाडौं, २८ मंसिर । नेप्सेको भवनमा गएराति आगलागी हुँदा ६५ लाख बराबरको क्षती भएको छ । नेप्सेको दोस्रो तलामा राति करिब ९ बजेर ३० मिनेटमा आगलागी हुँदा लगभग ६५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमानमा देखिएको हो ।

‘लगभग ६५ देखि ७० लाख क्षति भएको अनुमान गरेका हौं, तर बीमा कम्पनीले अवलोकन गरेर गएको छ, उसको रिपोर्ट आएपछि वास्तविक क्षति आउला,’ नेप्सेका एक उच्च अधिकारीले भने । नेप्सेले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराएको छ ।

आगलागीबाट ४ वटा एसी, दर्जन बढि कम्प्युटर, केही थान कुर्सी, फनिर्सिङ र आन्तरिक वायरिङमा आगोबाट क्षति भएको छ । नेप्सेको भवनको सिलिङमा ढलानको बिकल्पमा फलामका पाताहरुको प्रयोग भएको छ । त्यसमा प्रयोग गरिएको फनिर्सिङ पानी र आगोले क्षति पुग्ने किसिमको रहेकोले तल्लो तल्लाको सिलिङमा आगो निभाउन प्रयोग भएको पानीको कारण क्षति पुगेको छ ।

नेप्सेको भवनमा नै रहेको सर्भरमा भने कुनै समस्या नरहेको नेप्सेले उल्लेख गरेको छ । विद्युत आपुर्तीमा समस्या हुँदा मात्रै कारोबार ढिलो सुरु भएको नेप्सेले उल्लेख गरेको छ । लगानीकर्ताको सेयर स्वामित्व सम्बन्धि तथ्यांकहरु सबै सुरक्षित रहेको नेप्सेले बताएको छ । बिहीवार १ बजेबाट सेयर कारोबार भएकोले ५ बजेसम्म कारोबार खुल्ने भएको छ । साविकका दिनमा बजार ११ बजेदेखि ३ बजेसम्म खुल्ने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org