ताजा समाचार

ठगी गरेको आरोपमा किक्रेटर पृथु बास्कोटासहित डेजाभू क्लबका ८ जना पक्राउ

काठमाडौं, २८ मंसिर । काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबमा तोडफोडपछि सञ्चालकसहित ८ जना पक्राउ परेका छन् । चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने क्बलवका सञ्चालकसहित ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र क्लबका रितेश माडवाडी छन् । क्लबका सञ्चालक मध्येका बास्कोटा पूर्व राष्ट्रिय किक्रेट खेलाडी हुन् । उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार मार्समेलो क्लबमा उपस्थित नभएपछि गएराति डेजाभू क्लबमा तोडफोड समेत भएको थियो । तोडफोडबाट क्लबमा क्षति समेत पुगेको छ । मार्समेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई टिकट विक्री गरेको महाशाखाका प्रमुख दिवेश लोहोनीले जानकारी दिए ।

‘७ हजार जनालाई २५ सय र ३५ सयको दरले टिकट विक्री गरिएको रहेछ’, लोहोनीले भने, ‘क्लबमा ३ हजार जना अट्ने भए पनि मानिसहरुको फ्लोटिङ भइरहने भएकाले टिकट विक्री गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।’ उनीहरुले क्लबमा पुगेको क्षतिको बारेमा उजुरी गरेका छैनन् । सञ्चालकहरु नै पक्राउ परिसकेपछि टिकट लिएका कोही व्यक्ति प्रहरी समक्ष आए टिकट बराबरको रकम फिर्ता गर्ने उनीहरुले बताएका छन् ।

https://www.youtube.com/watch?v=I7fdpe9IMqk

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org