ताजा समाचार

अन्ततः रेशम चौधरीको पक्षमा बोल्यो राजपा, तत्काल प्रमाण पत्र दिन माग

काठमाडौं, २९ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रेशम चौधरीलाई तत्काल निर्वाचित प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ । टीकापुर घटनामा मुख्य अभियुक्त मानेर प्रहरीको फरार सूचीमा रहेका चौधरीलाई राजपाले भने तत्काल निर्वाचित प्रमाणपत्र उपलब्ध गराउन माग गरेको हो ।

चौधरी आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । वारेसनामा मार्फत उम्मेदवारी दिएका चौधरी विजयी प्रमाणपत्र पनि वारेसनामा मार्फत नै लिन खोजिरहेको बेला निर्वाचन आयोगले भने आफै उपस्थित हुनुपर्ने बताउँदै आएको छ । प्रहरीले भने प्रमाणपत्र लिन आउँदा चौधरीलाई पक्राउ गर्ने योजना बनाएको छ ।

जनताले जिताएर नेपालको माननीय भएपनि आफुहरुको नजरमा अपराधी भएको भन्दै प्रहरीले जहाँ फेला पर्‍यो त्यही पक्राउ गर्ने योजनाका साथ अगाडि बढिरहेको छ । पक्राउ पर्ने डरले प्रमाणपत्र लिन नगएका चौधरीलाई वारेशनामा मार्फत दिन राजपाले माग गरेको हो ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तीमा तत्काल उनलाई निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org