ताजा समाचार

‘रोमियो एण्ड मुना’ को गीतमा विकिनी गर्लसँग विनयको इन्ट्री (भिडियो)

काठमाडौं, २९ मंसिर । नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठको फिल्म ‘रोमियो एण्ड मुना’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘स्यान्डवीच मी’ बोलको गीत सार्वजनिक भएको हो । गीतको छायांकन अमेरिकामा गरिएको हो ।

अर्ल यूआरएल एडगरको स्वर र शब्द रहेको गीतमा बलिउड गायक गौरव डागोन्करले संगीत भरेका छन् । गीतको भिडियोमा जस्तै नायक विनयले दुई विकिनी पहिरनमा रहेका युवतीसँग गीत सार्वजनिक कार्यक्रममा इन्ट्री मारेका थिए ।

चलचित्रको ‘स्क्याण्डल बीच’ बोलको गीत सार्वजनिक गर्दा चलचित्रका नायक बिनय श्रेष्ठ ती दुई युवतीसँग कार्यक्रममा देखिएका थिए । निर्माण युनिटको त्यो प्रचार शैलीलाई उपस्थित धेरैले आलोचना समेत गरे ।

‘रोमियो एण्ड मुना’ पिएनजी पिक्चर्स र भी–मोशन पिक्चर्सले निर्माण गरेको चलचित्र हो । नरेश कुमार केसीले निर्देशित चलचित्रमा विनयको अलवा श्रृष्टि श्रेष्ठ, प्रज्वल सुजल गिरी लगायतको समेत मुख्य भूमिकामा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org