ताजा समाचार

अब चाँडै बन्ने भो वाम गठबन्धनको सरकार, केपी ओली र प्रचण्डवीच भेटवार्ता

काठमाडौं, २९ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न प्रचण्ड ओलीवीच शुक्रबार भेटवार्ता भएको हो ।

शुक्रबार दिउँसो भइरहेको भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भइरहेको जनाईएको छ । दुई नेतावीचको भेटवार्ता जारी छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै पार्टी एकता गर्ने यसअघिको सहमति अनुसार नै अब  कसरी अगाडि बढ्ने विषयमा छलफल भईरहेको एक नेताले जानकारी दिए ।

वाम गठबन्धनले लिएको दुई तिहाई बहुमत पछि विभिन्न चर्चा परिचर्चाहरु भईरहेका छन् । सरकार कसको नेतृत्वमा गठन हुने ? पार्टीका अध्यक्ष को बन्ने ? पार्टी एकिकरण हुने कि नहुने ? भन्ने जस्ता प्रश्नहरु सबैको मन मस्तिष्कमा केलाई रहेका छन् । यस्ता यातव प्रश्नको कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भईरहेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org