ताजा समाचार

सर्वोच्चद्वारा फरार ‘माननीय’ रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं, २९ मंसिर । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।

फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनुपर्ने माग गर्दै चौधरीले भाइमार्फत सर्वोच्च रिट दिएका थिए । तर, मुख्य रजिष्टार नहकुल सुवेदीले निवेदन अस्वीकार गरेका हुन् ।

निवेदकले आफूमाथि टीकापुर घटनाको अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ. व. ६५ (१) नम्बर बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’ चौधरी आफैं उपस्थित भएमा भने रिट निवेदन दर्ता हुन नहुने विचार गरिने सर्वोच्चले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org