लौ आयो शुक्रकिट नाशक कण्डम, कसरी प्रयोग गर्ने ?
एजेन्सी । गर्भ निरोधका लागि यौन सम्पर्कका बेला लिङ्गमा प्रयोग गर्न सकिने शुक्रनाशक कन्डम बनाइएको छ । पातलो लेटेक्सले यो कन्डम बनाइएको हो । शुक्रनाशक कन्डम चलन चल्तीका अन्य कन्डमभन्दा फरक खालको छ किनभने यसमा शुक्रनाशक रसायनको पत्र चढाइएको छ । सो रसायनले शुक्राणुलाई नाश गरेर गर्भाशयमा पुग्न दिँदैन ।
शुक्रनाशक प्रायः जेली, क्रिम वा फमका रूपमा बजारमा उपलब्ध हुन्छ । शुक्रनाशकमा प्रयोग गरिने रसायन नानोसेनोल–९ हो । यस रसायन शुक्राणुको सक्रियतामा अवरोधक बन्छ ।
वीर्य स्खलित हुँदा शुक्राणु गर्भाशयको मुखमा हुने सर्भिक्सतिर पौडिन थाल्छन् । त्यसरी पौडिरहेका शुक्राणुलाई गर्भाशयमा पुग्नु पहिले नै मार्नेगरी शुक्रनाशक बनाइएको हुन्छ । राम्रोसँग प्रयोग गरेमा परम्परागत कन्डम गर्भ निरोधमा ९८ प्रतिशत प्रभावकारी देखिएको छ ।
शुक्रनाशक कन्डम कत्तिको प्रभावकारी हुने हो भन्ने बारेमा हाल उपलब्ध जानकारीले स्पष्ट हुँदैन । गर्भ निरोधका लागि परिवार नियोजनको कुन साधन प्रभावकारी हुने हो भन्ने विचार गर्दा यौन रोगबाट समेत बचाउने साधनमा ध्यान दिनु बुद्धिमानी हुन्छ ।
यौन सम्पर्कका बेला नियमित रूपमा र राम्रोसँग कन्डम लगाउँदा यौन रोग सर्ने जोखिम धेरै हदसम्म कम हुन्छ । शुक्रनाशक कन्डमको प्रभावकारिता यस पक्षमा जाँच हुन बाँकी नै छ । नानोसेनोल–९ भएको शुक्रनाशकको बारम्बार प्रयोगले बरु एचआईभी सङ्क्रमण र अन्य यौन रोग सर्ने खतरा बढ्ने प्रमाण जुटाइएका छन् ।
नानोसेनोल–९ लाई कन्डममा प्रयोग गरिएपछि यौन रोग रोक्नमा त्यसको प्रभावकारिता जाँच गरिनु आवश्यक छ । तथापि शुक्रनाशक कन्डम महँगो छैन र चिकित्सकको सल्लाह बिना पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
महँगो नभए पनि शुक्रनाशक कन्डम किन्न परम्परागत कन्डमभन्दा बढी खर्च गर्नुपर्ने छ । तुलनात्मक रूपमा शुक्रनाशक कन्डमको म्याद कम हुन्छ । शुक्रनाशक कन्डमले एलर्जी पनि देखिन सक्छ ।
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...