ताजा समाचार

नयाँ वर्षमा फेसबुकमा उल्लेख्य परिर्वतन गर्ने जुकरबर्गको संकल्प

एजेन्सी, २१ पुस । नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा संसारका धेरै व्यक्तिहरुले विभिन्न खाले संकल्प गरे । उनीहरु मध्ये एक थिए फेसबुकका संस्थापक मार्क जुकरबर्ग । उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् ।

फेसबुकमा नै पोष्ट गरेको एउटा आलेखमा उनले फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । फेसबुकको सुरुवात सन् २००४ मा भएको थियो र २००९ देखि नै जुकरबर्गले हरेक वर्ष एउटा-एउटा संकल्प लिने गरेका छन् ।

पछिल्लो समय फेसबुकले फेक न्यूज बढावा दिएको भन्दै आलोचना भएको छ । खास गरी २०१६ मा अमेरिकाका राष्ट्रपति चुनावका क्रममा फेसबुकको उपयोगलाई लिएर पनि प्रश्नहरु उठे । जुकरबर्गको भनाइ छ कि उनी उनले यो महत्वपूर्ण विषयलाई पनि आफ्नो प्राथमिकता सूचीमा समावेश गरेका छन् । जस्तै ‘हाम्रो समुदायलाई घृणा र दुर्व्यवहारबाट बचाउनु, राष्ट्रहरुको दख्खलबाट फेसबुकलाई बचाउनु र यो सुनिश्चित गर्नु कि फेसबुकमा बिताइएको सयम तपाईंको बहुमूल्य समय होस् ।’

उनले लेखेका छन्, ‘हामी सबै गल्तीहरु त रोक्न सक्दैनौं, तर अहिले हाम्रो नीति र उपकरणहरुको दुरुपयोग गरेर कैयन् गल्तीहरु गरिँदै छ । यदि यो वर्ष हामी सफल भयौं भने २०१८ को सफल अन्त्य हुनेछ ।’

फेसबुकका सीईओका अनुसार उनी केही फरक गर्नुको साटो यी मुद्दाहरुमाथि गहिरोसँग काम गरेर सिक्न चाहन्छन् । तर, आलोचकहरुले प्रश्न गरेका छन् कि उनले यी विषयहरुलाई वर्षेनी चुनौतिहरुको सूचीमा किन राख्नुपर्छ ?’

उनले एनक्रिप्सन र डिजिटल मुद्राको ट्रेन्डले यसलाई काउन्टर गर्न सक्ने बताए । जुकरबर्गले भने, ‘यो आत्म सुधारका लागि एउटा महत्वपूर्ण वर्ष हुनेछ र साथै म पनि यस्ता कुराहरुलाई ठीक गर्न काम गरिरहेको छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org