ताजा समाचार

महिला फुटबलमा विभागीय डर्बीमा आर्मीले पुलिसलाई ४-१ गोलले हरायो

 

काठमाडौं, २३ पुस । १६ औँ महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सुपर लिगको खेलमा त्रिभुवन आर्मी विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागी डर्बी भिडन्तमा आर्मीले पुलिसलाई ४-१ ले पराजित गरेको हो ।

आर्मीको जितमा कप्तान कृष्णा खत्रीले २ गोल गरिन्। यस्तै अन्जली वाइवाले १ गोल गरिन्। पुलिसका लागि घिमकुमारी घिसिङले एक गोल गरिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org