ताजा समाचार

अबको केही समयभित्र काठमाडौंमा करोड मूल्यका सुविधा सम्पन्न बस गुड्ने, यस्तो छ विशेषता

काठमाडौं, २४ पुस । अबको केही समयभित्र काठमाडौंमा करोडभन्दा बढीका सुविधा सम्पन्न बस गुड्ने भएका छन् । पछिल्लो समय आम उपभोक्ताको मन जित्न सफल भएको साझा यातायातले केही समयभित्र काठमाडौंमा सुविधा सम्पन्न ‘सेमी लो फ्लोर’ बस गुडाउने भएको हो ।

अहिले भारतमा ती बसहरु निर्माण भईरहेको र दुर्इ हप्तामा सेमी लो फ्लोर बस काठमाडौ आइपुग्ने साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए । भारतीय कम्पनी अशोक लेल्याण्डले उक्त बस तयार पारिसकेको बताउँदै नेपाल ल्याउने प्रक्रियामा रहेको बताए।

साझा यातायातको टोलीले केही समय अघि भारतमै पुगेर यो बसको निरीक्षण समेत गरेको थियो । यो बस कालोपत्रे भएको सडकमा मात्रै गुड्छन्।यो गाडीको रुट निर्धारण भएको छैन । एउटा सेमी लो फ्लोर बसको १ करोड रुपैयाभन्दा बढी पर्छ।तर साझाँले ल्याउदा भने केहि सस्तो पर्ने बतार्इएको छ।

यस्तो छ सेमी लो फ्लोर बसः
साझाले परीक्षणका लागि ल्याउन लागिएको सेमी लो फ्लोर बसको ग्राउण्ड क्लियरेन्स कम हुन्छ । अपाङगता भएका र अशक्तलार्इ सजिलै बस चढाउन र ओराल्न सकिन्छ। सामान्य बसमा ग्राउण्ड क्लियरेन्स ९ सय मिलिमिटरको हुन्छ । तर अहिले ल्याउन लागिएको बसमा त्यसको आधा भन्दा पनि कम अर्थात ४ सय मिलिमिटरको हुन्छ।

२० वटा सिटी बसका लागि टेण्डर आव्हान:
साझाले २० वटा सिटी बस खरिद गर्नका लागि टेण्डर आव्हान गरेको छ। काठमाडौंका विभिन्न रुटमा यो बस संचालन हुनेछ। अहिले काठमाडौंका सडकमा डिलक्स बस संचालनमा छन् । काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको शेयर र ललितपुरले एक करोड बराबरको शेयर खरीद गरेपछि साझाले सिटी बस संचालनमा ल्याउन लागेको हो।

साझाले काठमाडौंमा अहिले १३ वटा बस संचालन गरिरहेको छ । साझाले ल्याउन लागेको सिटी बसमा वीचमा फराकिलो स्पेश हुनेछन् भने ह्याङगर स्ट्रयाम्पमा समातेर उभिएरै पनि सहज यात्रा गर्न सकिने खालको हुनेछ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org