ताजा समाचार

राष्ट्रिय महिला फुटबल लिगः नेपाल आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो

काठमाडौं, २७ पुस । राष्ट्रिय महिला लिग फुटबलको सुपरलिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा सुदूरपश्चिम ७ गोलले पराजित भएको छ । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा मगर र विमला चौधरीले एक एक गोल गरिन् । जितपछि आर्मीको ६ अंक भएको छ भने सुपरलिगमा लगातार पराजित भएको सुदूरपश्चिम अंकविहीन छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org