ताजा समाचार

तोडियो भारतको एकाधिकार, चीनबाट पनि आयो अप्टिकल फाइबर

काठमाडौं, २८ पुस । नेपाल चीनसँग क्रसबोर्डर अप्टिकल फाइबर लिंकमार्फत जोडिएको छ । केही समयको सफल परीक्षणपछि आजदेखि औपचारिक रुपमै चीनले रसुवाको जिलोङ गेटवे हुँदै नेपाललाई स्थलीय केबुलमार्गबाट जोडेको हो।

दुईवर्ष अघि नै नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड सिटिजीबीच चीन र नेपाललाई स्थलगत केबुलमार्गमा जोड्ने सम्झौता भए अनुसार नै दुबै देश अप्टिकल फाइबरमार्फत जोडिएका हुन्। नेपालले हालसम्म दूरसंचारको अन्तर्राष्ट्रिय आबद्धताका लागि भारतको मात्रै भर गर्दै आउनुपरेको थियो। अहिलेसम्म नेपालमा चलेको इन्टरनेट भारतसँग भैरहवा, विराटनगर र वीरगञ्जबाट जोडिएको थियो ।

हङकङ र भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुद्रमुनिबाट बिछ्याइएको हुँदा समस्या देखिन सक्ने भएकाले स्थलमार्गबाट ल्याइएको चीनको अप्टिकल फाइबर बलियो बिकल्प भएको बताइएको छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org