ताजा समाचार

मेस्सीको पारिश्रमिक हप्ताकै २४ लाख डलर, रोनाल्डोको भन्दा दोब्बर

काठमाडौं, ३० पुस । विश्व फुटवल हस्तिहरु स्ट्राइकर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको पारिश्रमिक कति होला ? यो आम चासोको विषय बन्दै आएको छ । उनीहरुले खेल्ने फुटबल क्लवबाट लिने पारिश्रमिकले सबैको ध्यान तान्ने गरेका छन् ।

क्याटलान जाइन्ट बार्सिलोनासँग गएको नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीको पारिश्रमिक खुलेको छ । मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने गरी सम्झौता गरे पनि उनले हप्ताको कति पारिश्रमिक पाउँछन् भन्ने खुलेको थिएन । तर फुटबल लिक्सका अनुसार मेस्सीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।

यसरी उनले एक वर्षमा एक सय २३ मिलियन अमेरिकी डलर कमाउँछन् । यो बालोन डी’ओर विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर हो । मेस्सीले पारिश्रमिक बापत वर्षमा ८६ मिलियन र बाँकी इमेज राइट मार्फत पाउने छन् ।

यस्तै उनी सम्झौता अवधिभर बार्सिलोनामै सबै भने थप ८५ मिलियन डलर पनि पाउने छन् । मेस्सीको रिलिज क्लज ८ सय ५४ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डो र करिम बेन्जिमाको मात्रै यो भन्दा धेरै रिलिज क्लज रहेको छ । मेस्सीले यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी अहिलेसम्म ३१ खेलमा २५ गोल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org