ताजा समाचार

मानव बेचविखन विरुद्धको काममा अमेरिकाद्धारा ९१ करोड सहयोग

काठमाडौं, ३० पुस । मानव बेचविखन विरुद्धको काममा अमेरिकाले नेपाललाई ९१ करोड सहयोग गरेको छ । मानव बेचविखन बिरुद्ध नेपालले राम्रो काम गरेको भन्दै उक्त रकम सहयोग गरेको हो ।

४ सय २९ जना मानव तस्कर पक्रिएको र ९६ जना मानव तस्करविरुद्ध बेचविखनको मुद्दा टुङ्गो लगाएको भन्दै ९१ करोड रुपैयाँ सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत जनाएको छ । यो रकम मानब बेचविखान विरुद्ध लड्नका लागि नै सहयोग गरेको छ ।

यस्तै मानव बेचविखनमा पर्नबाट जोगिएका ८१० जनालाई पनि दूतावासले सहयोग गरेको छ । विश्वभर २ करोड ५० लाख भन्दा धेरै मानवबेचविखानको सिकार भएको दस्तावासले उल्लेख गरेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org