ताजा समाचार

नेपाली युवा बैज्ञानिक संलग्न टोलीले इबोला भाईरसको औषधी पत्ता लगायो

काठमाडौं, १ माघ । नेपाली युवा वैज्ञानिक संलग्न टोलीले इबोला भाईरसको औषधी पत्ता लगाएको दाबी गरिएको छ । नेपाली युवा वैज्ञानिक बैज्ञानिक डा. सुदिप खड्का संलग्न टोलीले इबोला भाईरसको औषधी पत्ता जनाएको जनाईएको छ ।

अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा. खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको सोधपत्र प्रतिष्ठित antiviral research जर्नल मा प्रकाशित भएको छ ।

यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान गर्ने विश्वास अनुसन्धानमा संलग्न एघारवटा बैज्ञानिकको टोलीले लिएको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधी पत्ता लागेको थिएन ।

टोलीले सयौंको संख्याका नयाँ औषधीको अनुसन्धानबाट ५६ सम्भाबित औषधीहरु पत्ता लगाएको हो । जसमा एउटा benzoquinoline समूहको औषधीको बिस्तृत अध्ययन भएको छ । यो औषधी हालै संसारमा तहल्का मचाइराखेको अर्को जीका भाईरसबिरुद्ध पनि प्रभावकारी देखिएको छ ।

बैज्ञानिकहरुका अनुसार यो प्रारम्भिक अनुसन्धानले चाडै नै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर बजारमा आउनुभन्दा पहिले यो औषधीको प्रभावकारिताको थप अनुसन्धान गर्न समय लाग्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org