ताजा समाचार

यो हो माघको पहिलो दिन युट्युव ‘ट्रेन्डिङ’ नम्बर १ मा रहेको भिडियो

काठमाडौं, १ माघ । केन्द्रबिन्दु क्रिएशन प्रालिका लागी केन्द्रविन्दु टिभीले उत्पादन गरेको एक भिडियो माघको पहिलो दिन ट्रेन्डिङ नम्बर १ मा रहेको छ । केन्द्रविन्दु टिभीका आईटि प्रमुख शुशिल पोखरेलका अनुसार महंगा गाडी चढ्ने १५ नेपाली कलाकार शिर्षकको भिडियो सोमवार अर्थात माघ महिनाको पहिलो दिन युट्युवको एक नम्बर ट्रेन्डिङमा रहेको हो ।

भिडियो अपलोड भएको ४ दिन नपुग्दै तीन लाख तीन हजार भन्दा बढी पटक भिडियो हेरिएको छ । २ हजार बढीले भिडियो लाईक गरेका छन्, भने २ सय ४३ जनाले कमेन्ट गरेका छन् ।

उत्पादन भएको छोटो समयमै लोकप्रिय बनेको उक्त भिडियो सामाजिक सञ्जालमा भइरल बनेको छ । यद्यपी उत्पादित भिडियो केही मिडियाहरुले आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेको प्रति कम्पनीले आपत्ति जनाएको पोखरेलले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org