ताजा समाचार

१३ सन्तानलाई चेन र तालाले बाँधेर बन्धक बनाउने आमा बुवा पक्राउ

काठमाडौं, २ माघ । आफ्ना १३ सन्तानलाई बन्धक बनाएर राख्ने आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ सन्तानलाई बन्धक बनाएर राख्ने आमा बुवालाई प्रहरीले पक्राउ गरेको हो । दुईदेखि २९ वर्षसम्मका १३ सन्तानलाई बन्धक बनाउने ५७ वर्षका डेविड एलेन तुर्पिन र ४९ वर्षकी लुइस एना तुर्पिनलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बन्धक बनाइएका मध्ये केहीलाई उनीहरुले बिस्तारामा चेन तथा तालाले बाँधेर राखेका थिए । लस एन्जलसबाट ५९ माइल उत्तर पूर्वमा रहेको पैरिसको एक घरबाट १३ जनालाई उद्धार गरिएको छ। आइतबार १७ वर्षकी किशोरीले घरबाट भाग्न सफल भएकी थिइन् ।

उनले प्रहरीलाई फोन गरेर आफ्ना १२ दाइ दिदी तथा भाइ बहिनीलाई घरमा बन्धक बनाएर राखिएको बताएकी थिइन् । त्यसपछि प्रहरी तथा सरकारी अधिकारी गएर बन्धक बनाइएकाको उद्धार तथा उनीहरुलाई बन्धक बनाउने दुईजनालाई पक्राउ गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org