ताजा समाचार

सेनाले बढायो राष्ट्रको शानः काठमाडौं-निजगढ द्रुतमार्गको डीपीआर आफैं बनाउने

काठमाडौं, २ माघ । काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ । जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने घोषणा गरेको हो ।

यससँगै भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएल एण्ड एफएस) ले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ । डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिने आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले जानकारी दिए ।

लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राखेको थियो । शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।

अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको हो । भारतीय कम्पनीले मागेको मूल्य भन्दा कम रकममा नै नयाँ डीपीआर तयार हुने सेनाले जनाएको छ । मूल्य मात्र नभई भारतीयकम्पनीले बनाएको डीपीआर हुबहू कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको सेनाले बताएको छ ।

विगमा एसियाली विकास बैंक (एडीबी) ले गरेको सम्भाव्यता अध्ययनका आधारमा छिट्टै डीपीआर बनाउनु पर्ने र टनेल बनाउँदा कान्तिलोकपथसँग नबाझिने गरी फेरबदल गर्नुपर्ने देखिएको सेनाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org